Thursday, November 17, 2011

गोर्खे साँहिला हैन म त

गीत लेख्छु,गजल लेख्छु गोर्खे साँहिला हैन म त
ब्यथा आफ्नै पोखे पनि ब्याकुल माइला हैन म त


साहित्यले नभरिने सधैं रित्तो झोली भिरदा [भिर्दा ] 
कथा भए बैरागीको तर काइँला हैन म त


धेरै छन दाजु दिदी अग्रज हरु यो घरमा
कान्छो हुँ नि सिर्जानाकी ठुले ठाइँला हैन म त


पुगे कति धेरै माथी सिँढी चढी साहित्यको
तलै देख्छु आफु लाई दोश्रो ,पहिला हैन म त


सिर्जनामा बोधगम्य 'बुद्धि'विवेक छरेपछि
हावा उड्दा मेटी जाने कुनै पाइला हैन म त

बुद्धि मोक्तान

No comments:

Post a Comment