यो ज्यान लान ताक्छौ तिमी,गरि खाने आली खै त ?
त्यो परको सबै भन्छौ ,मेरा लागी खाली खै त ?
रक्त चन्दन तस्करको जोडा भइ कमायौ कि!
पल्सर मोटर देखे तर जोती खाको फाली खै त ?
गङ्गा टिस्टा ताज महल कुरा ल्यायौ पिरतीमा
त्यती ठुलो पर्दैन नि!शीत छेल्ने पाली खै त ?
घुटु घुटु थुक निल्यौ बैशे मेरो लाली हेरी
बगैचा पो नजिक देख्यौ ,तिम्रा लागी ढाली खै त ?
तिम्रो सिन्दुर घस्नु अघी सोच्नु पर्छ मैले पनि
पूजा तिम्रै भए भोली,मन्दिर जाने थाली खै त ?
सोधी खोजी धेरै भयो आट्ने मान्छे चुपै बस्दा
यदी सांचो थियौ तिमी ,दुइचार शब्द गाली खै त ?
बुद्धि मोक्तान
ताप्लेजुङ्

No comments:
Post a Comment