प्रति क्रान्ति गर्नलाई, जन क्रान्ति कस्तो गर्ने ?
छ कि अझै अरु पनि, भन क्रान्ति कस्तो गर्ने ?
'जस्को जोत उस्को पोत'भन्ने नारा कुर्लि हिड्दा
बाँझै भयो बारी यता, खन क्रान्ति कस्तो गर्ने ?

फियो फोक्सो गिदी जिब्रो छर्लङ्ग भो सबै अब
फर्क्यौ फेरी उतै भने,बन क्रान्ति कस्तो गर्ने ?

'जुनै जोगी आए पनि कानै चिर्या परे' भनि
चिढिएका जनताको,मन क्रान्ति कस्तो गर्ने ?

सर्वहारा सिँढी चढी जादुमय महलमा
जोडे पछी सम्पत्ति त्यो ,धन क्रान्ति कस्तो गर्ने ?

No comments:
Post a Comment