Sunday, November 27, 2011

लेख बाट बेशी तिर

लेख बाट बेशी तिर झर्न मन लाग्यो
न्यानो मायाँ तातो त्यतै सर्न मन लाग्यो

ओठै काँप्ने कस्तो जाडो या माथी त आम्मै !
त्यसै र पो तल्लो गाउँ चर्न मन लाग्यो

सिधा बाटो हिँवै हिउँ लौन कसो गरुँ !
थुम्का थुम्की गर्दै खोली तर्न मन लाग्यो

बास संगै आस भरि मायाँ पाएँ भने
प्रित को यो थोरै बिंझ छर्न मन लाग्यो

लुगा डस्ना के पर्थ्यो र मायाँ भए पछी
सबै बिर्सें उनी सगै मर्न मन लाग्यो

No comments:

Post a Comment