Sunday, December 18, 2011

टोक्नु न छोप्नु को लालीले

टोक्नु न छोप्नु को लालीले गर्‍यो
हुर्केको सिउँदो खालीले गर्‍यो !

बेदना बुझेर सवारी थिए
बाटो मै बीरे कि सालीले गर्‍यो

मङ्सिर महिना कट्दैन भन्थे
काइते ज्योतिषको थालीले गर्‍यो

नरोउ भन्छु नि कति म आँफै
गाउँघरमा बज्ने ताली ले गर्‍यो

जवानी सम्हाली कुरेर बस्दा
नफुली झर्ने यो डाली ले गर्‍यो

No comments:

Post a Comment