हिंडे हुन्छ सुस्त सुस्त हड्ताल् आज बन्द छैन
थियो हिजो तर आज, हामी बीच द्धन्द छैन
कुम्लो बोकी लौरी टेकी सुइय गर्दा उकालोमा
भित्रिनेछ स्वाच्छ हावा,हावा भित्र गन्ध छैन
संगीनी र बालान् रचि बाटो काट्ने भौजु दिदी
सुन काजोल !हेर मैना !डराएकी नन्द छैन
गाउँ बस्ती खुशी छाइ सबै बोल्न पाको बेला
हिजो जस्तो कानेखुसी स्वर सानो मन्द छैन
दुबै बन्दुक संगै मिली देशै हुँदा झिली मिली
ढुक्क भयौ अब हामी टुक्रा हुने खण्ड छैन
द्रष्ट्ब्य :
कजोल -काजोल खातुन
मैना - मैना सुनुवार
भौजु -भाउजु

No comments:
Post a Comment