छ चिसो मौसम ताप तिम्रै
लुटिन्छु लुटुक्क काख तिम्रै
छ शक्ति कस्तो पगाल्ने त्यहाँ
अदृश्य अगेना राप तिम्रै
काँपेको शरीर काख पस्दा
मधुरम् उष्णता बाफ तिम्रै
बैशालु शिशिरमा प्रित घोल्ने
नजरमा अमित छाप तिम्रै
सुताउ काखैमा लोरी 'लै''लै'!
स्पर्शी हत्केला धाप तिम्रै
छलाइ सिरेटो बाँच्न देउ
धर्म या अधर्म पाप तिम्रै
No comments:
Post a Comment