Monday, January 16, 2012

छेक्दा दसी चिने मैले



आफ्नै कथा आफ्नै हात्ले, लेख्दा मसी चिने मैले
भोको पेट नाङ्गो आङ, सेक्दा शशी चिने मैले

शशी जस्तै सुन्सानमा, मसी छरी बाँचु भने
लाखौ प्रहार भए फेरि, छेक्दा दसी चिने मैले

किन मान्छे पछि लाग्छन्,सधैं खुट्टा तान्न भन्थे
आरिस् रैछ छाती माथी ,टेक्दा कसी चिने मैले

सुख दु:ख भुक्तभोगी, अन्यायको बिरोधी म
फासी पर्व न्यायलय, पेस्दा रसी चिने मैले

बुद्धि मोक्तान
दक्षिण कोरिया

No comments:

Post a Comment