Sunday, February 5, 2012

अजर दसी राष्ट्रिय थुँगा फूल हो सहिद!


माटोका लागि पसिना दाता मुल हो सहिद!
अजर दसी राष्ट्रिय थुँगा फूल हो सहिद!



आहुती दिइ देशका लागि आफु चै मरेर
जनता सबै सागर तार्ने पुल हो सहिद !

के दिन सक्छौ माटोका लागि कसैले सोधेमा
तयार छु म अर्पन ज्यान कुल हो सहिद !

आदर गरी शिकर माथी लेखेको अक्षर
हेरिन्दा शीर झुकिने तल तुल हो सहिद

माटोका लागि पसिना दाता मुल हो सहिद!
अजर दसी राष्ट्रिय थुँगा फूल हो सहिद

No comments:

Post a Comment