Thursday, February 2, 2012

तिम्रो मन्को भित्री कुरा जाने भने मान्छौ कि त !


तिम्रो मन्को भित्री कुरा जाने भने मान्छौ कि त !
एक्ली रैछौ साथ दिन ताने भने मान्छौ कि त !


तानी चुमी भाग्छ भनी डराएछौ भित्र भित्रै 
तर हैन त्यही आफ्नो ठाने भने मान्छौ कि त !

औकात् भन्दा धेरै बोल्न जान्दिन म अरु सामु 
आउ झुण्ड पाखुरीमा धाने भने मान्छौ कि त !

भित्री कुरा बुझी  मैले यात्रा तय गर्ने बेला 
सृष्ट्रिको कै त्यो फूल सम्झी छाने भने मान्छौ कि त !

No comments:

Post a Comment