जे जे ल्याएँ मुग्लानबाट गोटी स्वीकार !
ढुङ्गै ल्याएँ भने पनि मोती स्वीकार !
चेवा चर्चा पक्कै हुन्छ के के ल्याएछ
लाज ढाके पुग्छ प्रिय!धोती स्वीकार !
देखासेखी झुन्ड्याउने चलन तोड्दैछु
आफ्नै अङ्ग बुच्चै कान लोती स्वीकार !
बिछोडको अध्यारो त्यो सारा बिर्सदै
सामु परेँ अग्निशिखा ज्योती स्वीकार !
ल्याएँ भने एकै ल्याएँ प्रेम आदर्श
एक हैन लाखौ लाख कोटी स्वीकार
No comments:
Post a Comment