Friday, February 24, 2012

आकाश गर्जे गर्जोस अब


आकाश गर्जे गर्जोस अब बन्दुक नपड्कीयोस्
चल्ने हुरी चल्दै गरोस् शान्ति नभड्कीयोस् 


कती बस्नु बेखुशीमा रोपौ खुशी अब 
त्यो खुशीको हलो फाली कतै नअड्कीयोस् 

कुरा मिल्न जारी बैठक् मन्मोटाबले भरी 
मुल बाटो छाडी शान्ति अन्तै नफड्कीयोस् 

आलो घाउ पुरिदैछ रगत पनि सुक्दै  
निको हुँदै गा'को ढाड फेरी नसड्कीयोस्    

 झुक्नु दिन्नौ शीर कैल्यै धैर्य गर्छौ तर,
शान्ति देख्ने हाम्रा चाह त्यसै नतड्पीयोस्  

No comments:

Post a Comment