ढुक्क भए हुन्छ हजुर,तन जलेको छैन
हाँसो खुशी भित्रै छु म,मन जलेको छैन
हिजो अस्ती दु:ख पोखे,तन्मन् जल्यो भनि
सम्झ्यौ होला उजाड् तर,बन जलेको छैन
रेगिस्थानकै गल्ली पनि,कर्म भुमी हुँदा
जोड्दैछु म आना सुकी,धन जलेको छैन
सुस्त भयो भित्री ज्वाला,जिते जीवन मैले
हिजो भन्दा आज थोरै,झन् जलेको छैन
खुशी भएँ यती खुशी,किन भएँ भने
गरी खाने पाखुरी र,घन जलेको छैन
No comments:
Post a Comment