सोरठी धुनको मादलमा खोजेँ
मायालु तिमी बादलमा खोजेँ
आवाज सुन्य भै नदेख्दा कतै
भूगर्भ भित्रको खाडलमा खोजेँ
बनचरी राम भै सोधेर सीता !
ती बन वृक्षको काफलमा खोजेँ
सिङ्गार भरेकी बसन्ती लता
स्वाभिमान् भित्रको आँचलमा खोजेँ
पर्खेर बसेकी छौ कि पो त्यहाँ
सुम्पिन ज्यान लौ गाजलमा खोजेँ
No comments:
Post a Comment