Monday, March 19, 2012

नदेख्दै कसैलाई बोलाउँन सक्छु .


नदेख्दै कसैलाई बोलाउँन सक्छु ...
सम्झेर एक्लै म, टोलाउँन सक्छु ...
नझस्काउ मलाई त्यो पल भर 
तड्पेर आँफै म, सेलाउँन सक्छु.....


देखेको भन्दा मिठो छ त्यो त 
लेखेको भन्दा मिठो छ त्यो त 
पर्दैन पुग्नु कही र कतै 
प्रकाश भन्दा छिटो छ त्यो त
सम्झेर पीरती खेलाउँन सक्छु....
कल्पित प्रेममा लोलाउँन सक्छु ...
नझ्स्काउ मलाई त्यो पल भर
तड्पेर आँफै म,सेलाउँन सक्छु....

आँखामा ल्याइ भराइ दिन्छु
मुटुमा बास सराइ दिन्छु
बेदना फुट्दा अनायासै फेरी
चित्कार भरी कराइ दिन्छु
चित्कारै चित्कारमा बोलाउँन सक्छु...
सम्झेर एक्लै म, टोलाउँन सक्छु ....
नझस्काउ मलाई त्यो पल भर
मान्छे हुँ नाता, केलाउँन सक्छु ....

No comments:

Post a Comment