Sunday, April 1, 2012

गाजलमा नखोज आँखामा छु म


गाजलमा नखोज आँखामा छु म 
हाक्पारे रोदीको भाकामा छु म 


सस्कृति माथि नै प्रहार हुँदा 
छेकेर चौबन्दी ढाकामा छु म 

डिस्कोमा पसेर खोज्दैछौ भने 
भेट्दैनौ तिन्जुरे पाखामा छु म 

कम्मर मर्काउने पेङ्दोर्जे डम्फु 
तानेर हेर त खापामा छु म 

फूल्नेछ सस्कृति अजर भइ 
बिकृति प्रवेशी नाकामा छु म    

No comments:

Post a Comment