Saturday, April 14, 2012

मुक्तक


हिजो आज ब्यस्त हो? बुद्धि जि!
ब्यथा कि त मस्त हो? बुद्धि जि!


बाजी ठूलै जित्यौ रे भन्छन नि,
स्वर्ण या त कास्य हो? बुद्धि जि!

कृति कथा लेखेछौ धेरै नै
मौन हो या हांस्य हो? बुद्धि जि!

कुरा गर्न मान्दैनौ  तिमी त
कि मस्त कि ध्वास्त हो? बुद्धि जि!

सधै जस्तो देखिन्न चाल त्यो
बोल्दा बोल्दै अस्त हो? बुद्धि जि!

No comments:

Post a Comment