फूल जस्तो मेरो मायाँ चट्टान हुदै हुँदै गयो
मोती मुगा सरी जोडे तिम्रो चोखो मायाँ भन्थी,
सोच्छु आज किन आँफै, घटान हुँदै हुँदै गयो
कति बास सारी कुन्नी लेखा जोखा छैन तर,
घर बाट मतान पछी, दोकान हुँदै हुँदै गयो
मलाई जस्तै अरुलाई नि छली छ पो तिनी ले त,
कैले भैरे कैले खैरे पठान, हुँदै हुँदै गयो
बुद्धि बिवेक सुन्य पारी रुँदिन म बियोगमा,
भन्छु तर मांशपेशी, थकान हुँदै हुँदै गयो
No comments:
Post a Comment