Sunday, April 1, 2012

चौबन्दी चोली साडीमा आउ


चौबन्दी चोली साडीमा आउ
मायालु तिमी माडीमा आउ


अबेर होला सबेरै उठी,
चढेर तिमी गाडीमा आउ

सडक बाटो टुङगिए पछी,
पैदल थोरै झाडीमा आउ

जीवन्को छाप्रो टेक्दैछौ हेर!
स्वीकारी भित्र राडीमा आउ

बाँचौला अब संगै नै हामी,
उचालौ ज्यावल नाडीमा आउ

No comments:

Post a Comment