Sunday, April 1, 2012

किन बग्यो जीन्दगी यो,


किन बग्यो जीन्दगी यो, अरुण तमोर तावा भइ
कैले हुरी कैले बतास नरोकिने हावा भइ


त्यै जिन्दगी राम्रो थियो त्यै आमाको काख प्यारो 
कस्तो रीत नमिल्ने त्यो, बस्न सधैं छावा भइ

जन्म हुँदा हाँसो सगै मृत्‍यु पनि आयो किन ?
जवाफ खोज्न फुर्सद हुन्न, बाँचुन्जेल धावा भइ

बोट माथी फूल हुँदै शुवास छर्नु पर्थ्यो जीवन 
जरा सर्न बाँकी नै भो,बेर्ना पछी गाभा भइ 

कला सिप 'बुद्धि'छरी सिंगारे यो भन्दा भन्दै 
छोड्नै  पर्छ यो  धर्ती त, खै क-कस्को दावा भइ 

No comments:

Post a Comment