मायालु संगै रथमा छु म
घुम्दैछु चक्र पथमा छु म
भागेछ पीडा दिलको सबै
हाँसेर बस्दै छतमा छु म
नारा छ मेरो पिरती छुने
पाएर लाखौं मतमा छु म
स्याबास दिन्छौ नबुझी तिमी
छोएर हेरे खतमा छु म
बाँच्नेछु भोली कृतिका बनी
भाकेर बाचा अथमा छु म
SSI SSI ISI S
( ५ अक्षर मा बिश्राम)
छन्द -एसेलु [पोष्टराज सर]
No comments:
Post a Comment