Tuesday, May 22, 2012

नसोधे छाती दुखेको बेला


नसोधे छाती दुखेको बेला 
हजारौ साथी छुटेको बेला


छुटाई नाता बिरानो पार्‍यो  
नफुट्ने तालै फुटेको बेला 

रसाई  आँखा परेली भिज्छ 
नसोच्दै बस्ती उठेको बेला 

रमाई त्यसै बसुँला मै र ?
बिचैमा यात्रा टुटेको बेला 

कि आजै उस्ले ततायो बाटो   
नखोली आँखा सुतेको बेला 

ISS SSI SSS S
५ अक्षरमा बिश्राम 
 छन्द -जवा कस्तूरी
 [पोस्टराज सरको ]

No comments:

Post a Comment