नछोई मलाई हातै दुखायौ
अगाडी नआई आंतै दुखायौ
परेली बिझाई दिन्मै बसेथेँ
बिहानी ठिकैथ्यो रातै दुखायौ
पुरानो खतै थ्यो सुक्दै दुखेको
नसोची तिमीले तातै दुखायौ
जसोरी कहानी बोली रहेथेँ
नराखी सिमाना बातै दुखायौ
दिवाना पराई हुँदै छ मेरो
छुटाई निशाना साथै दुखायौ
छन्द -बिपन्ची
ISS ISS SSI SS
[postraj chapagai ]
No comments:
Post a Comment