Tuesday, May 22, 2012

हिजैको कहानी सोची बसेछौ


हिजैको  कहानी सोची बसेछौ    
नलेखी दिलैमा पोखी बसेछौ   


बितेरै जवानी त्यसै गलेथ्यो 
नबल्ने अगुल्टा ठोसी बसेछौ   

जुरेको घराना ठाडै नकार्दा 
अभागी निधार पो ठोकी बसेछौ  

दिएका हजारौ बाचा गुमाइ 
नभेट्दा गृहस्थी रोकी  बसेछौ  

नलेखी नमर्ने  भन्दै कहानी 
भिजेका परेली छोपी बसेछौ   

ISS ISS SSI SS 
 [पोस्टराज चापागाइद्धरा प्रतिपादित,
बिपन्ची छन्दमा आधारित ]
 ३ मा अर्ध र ६ बिश्राम  

No comments:

Post a Comment