सुखले बाँच्ने रहर मेरो, रहर त रहरै हो
कठिन् छ यात्रा भित्रनु फेरी,शहर त शहरै हो
सुखान्त खोजेँ नगरी दु:ख जिन्दगी बिलासको
जोतेको छैन एक फोक्टै खेत,बहर त बहरै हो
'आतिनु हुन्न बिपत्ति पर्दा!'भनेर सम्झाउँछु
काम्दैछ मुटु आफ्नै चै फेरी, कहर त कहरै हो
उब्जाउ खोजेँ प्ररिश्रम पछि हात लागि शुन्य थ्यो
के सिंच्नु ब्यर्थै सप्रिन्न बाली,बगर त बगरै हो
हाँसेर मरौ संगै नै प्रिय! भन्दा ती प्रियाले
निलिन्छ कहाँ?सजिलै थोपा,जहर त जहरै हो
No comments:
Post a Comment