Monday, June 18, 2012

साकुरामा आउ

गाउँ बेशी फूल्दै फूल्दै टाकुरामा आउ 
चेरी पैयु सुनाखरी साकुरामा आउ 

साकुराका सुगन्धले मोहित भइ घुम्दा 
सुरु ठान जिन्दगानी मैले अधर चुम्दा 
शिरिषमा मात्र हैन लाकुरीमा आउ
सुरु गरौ जिन्दगानी पाखुरीमा आउ

पुष्पदल तिमी-लाई पत्रदल भै छेक्छु
ममतामा कमी हुन्न सुरक्षा नै देख्छु
लेक बेशी रङ्ग्याएर टाकुरामा आउ
चेरी पैयु सुनाखरी साकुरामा आउ

समायोजन हुनु पर्छ स्त्री अनी पुङ्केशर
बाँचे जीवन बन्छ पक्कै मरे के नै छ र
गाउ बेशी फूली वरी टाकुरामा आउ
चेरी पैयु सुनाखरी साकुरामा आउ

No comments:

Post a Comment