Tuesday, July 17, 2012

पियारा नहुँदा ढलेन रात यो


पियारा नहुँदा ढलेन रात यो 
सिद्धिदै प्रहर चलेन रात यो 



फेर्दैछु कोल्टे याँ भिज्दैछ सिरानी 
तैपनी सिङ्गै छ गलेन रात यो


सधैं भो अध्यारो बिछोडमा शयन 
पुर्णिमा भएर बलेन रात यो 

बोलेथे प्रियतम निदैमा झस्किएँ 
सपना त्यस्तो ले छलेन रात यो 

बिते त समय टुङ्गिन्थ्यो प्रतिक्षा 
क्षितिजमा लालीले जलेन रात यो

No comments:

Post a Comment