धागो कात्ती तान हाली उने राम्रो हुन्छ ।
आफ्नै हातले राडीपाखी बुने राम्रो हुन्छ ।
हिजो सम्म छले ढाँटे देशै पछी ठेले
आज अब असल नेता चुने राम्रो हुन्छ ।
पराइले आज देला भोली हौला नाङ्गै
लाज ढाक्न खाडी खाकी तुने राम्रो हुन्छ ।
दोष फ्याँकी भाइचारा जोड्ने प्रण गर्दै
स्वाभिमानी बन्ने कुरा गुने राम्रो हुन्छ ।
गीत संगीत धेरै थरी हुँदा हुँदै पनि
"सयौं थूँगा फूलका हामी"सुने राम्रो हुन्छ ।
No comments:
Post a Comment