Tuesday, March 12, 2013

कसै संग आँखा आँखै, कुरा भयो आज ।

कसै संग आँखा आँखै, कुरा भयो आज ।
नबोले नि मनको बात, पूरा भयो आज

जवानीमा नपिउँदानि, कस्तो मात लाग्यो
उन्को नजर लठ्ठै पार्ने,सुरा भयो आज ।

लमी किन चाहिन्थ्यो र,दुई मन मिल्दा
नयन आँफै कुरा छिन्ने छुरा भयो  आज ।

दाँया आँखा थोरै चिम्ली,के झिम्केको थिएँ
किन्नै पर्ने सिन्दुर पोते,चुरा भयो  आज ।

हिजै जस्तो लाग्छ दिन,कत्ति चाडै बित्यो
बाबा आमा भन्ने हाम्रै, भुरा भयो  आज ।

No comments:

Post a Comment