Tuesday, March 12, 2013

पहिले कतै लुकेर पिएँ।


पहिले कतै लुकेर पिएँ।
अहिले जीउँ दुखेर पिएँ।



रहर थेन बोतल छुने
धाराको पानी सुकेर पिएँ।

सराबी लत परेछ धेरै
मुखको खैनी थुकेर पिएँ।

उत्रनु बान समय लाग्थ्यो
भुलेरै काम ढुकेर पिएँ ।

तिन्पाने उत्री भागमा आयो
ता-तातो थियो फुकेर पिएँ ।

No comments:

Post a Comment