एकताको लहरा मै, फलेका छौ तार्लाङ्तुर्लुङ ।
जातीजाती द्धन्द भइ,खस्नु हुन्न खार्लाम्खुर्लुम।
कोही बाहुन कोही लिम्बू,राई भित्र थुलुङ कुलुङ
जता हामी जे भए नि,नेपाली कै भार्लाङ्भुर्लुङ ।
काटे बग्छ रगत रातै,जुनै जातको तातो तातै
फरक देख्ने डुब्छ आँफै,त्यै रगतमा चार्लाम्चुर्लुम।
संयौ थूँगा उनिएर,सझेँको यो सुन्दर नेपाल
भाईचारा टुटे फुट्छौ,सिसा जस्तै छार्लाम्चुर्लुम ।
ज्ञान सिप "बुद्धि" छरी,सजाएमा मेची काली
अस्तित्वको शान्त ध्वनी,बज्छ सधैं कर्ल्याङ्कुर्लुङ ।
No comments:
Post a Comment