चिनेर आँत ती ढल्काउँ प्रेममा ।
लगाई मोहनी पल्काउँ प्रेममा ।
नपाई न्यानोपन् छट्पटे कोही त,
प्यासको रापले सल्काउँ प्रेममा ।
कसैको निस्वार्थ मायाको बदला,
नभुली आदर्श झल्काउँ प्रेममा ।
प्रेमको निशानी सृष्ट्रि नै थेग्नु हो
अटुट जलधार छल्काउँ प्रेममा ।
जीवनै छिचोल्ने साथ हो सारथि
गगनी चाँद झै टल्काउँ प्रेममा ।
बुद्धि मोक्तान
—लगाई मोहनी पल्काउँ प्रेममा ।
नपाई न्यानोपन् छट्पटे कोही त,
प्यासको रापले सल्काउँ प्रेममा ।
कसैको निस्वार्थ मायाको बदला,
नभुली आदर्श झल्काउँ प्रेममा ।
प्रेमको निशानी सृष्ट्रि नै थेग्नु हो
अटुट जलधार छल्काउँ प्रेममा ।
जीवनै छिचोल्ने साथ हो सारथि
गगनी चाँद झै टल्काउँ प्रेममा ।
बुद्धि मोक्तान
No comments:
Post a Comment