बिर्सुँ माया भने पनि सम्झनाले छाती दुख्छ ।
जहाँ दुख्यो त्यही छोयो झनै माथी माथी दुख्छ ।
भित्र भित्रै आगो लाग्यो खुशीको यो सुन्दर बन
आशु झर्ने कस्तो भाग्य भगवानले आँफै भन
ढुकुरको जोडी देख्दा जीवनको साथी दुख्छ ।
प्रभा बित्छ शीत संगै कस्लाई भनुँ राती दुख्छ ।
बाजा टुट्यो भाग्य फुट्यो डम्फु हेर्छु घेरो मात्रै
हाँस्ने चाँही अरुको नै, रुने भाग मेरो मात्रै
कतै बजे बाजा फेरी जन्ती लस्कर ताती दुख्छ ।
प्रभा बित्छ शीत संगै कस्लाई भनुँ राती दुख्छ ।
बिर्सुँ माया भने पनि सम्झनाले छाती दुख्छ ।
जहाँ दुख्यो त्यही छोयो झनै माथी माथी दुख्छ ।
-बुद्धि मोक्तान
No comments:
Post a Comment