Wednesday, April 17, 2013

नहोस् है युद्ध कामना गर्छु।


नहोस् है युद्ध कामना गर्छु।
भै हाले फेरी सामना गर्छु।



दन्द्धमा हुर्के डराउँ किन ?
यद्धपी शान्ति चाहना गर्छु ।

मान्छे हुँ गल्ती त्यो हुन सक्छ
भै हाले  क्षमा  याचना गर्छु ।

त्यो दिलमा राज म गर्न सकुँ
दुबै हात जोडी प्रार्थना गर्छु ।

कर्मको फल टिप्नु छ मैले
लगाई  'बुद्धि' साधना गर्छु ।

No comments:

Post a Comment