सामु पर्दा नचिनेर, तर्के जस्तो गर्यौ ।
पर पुगी सम्झी फेरी, फर्के जस्तो गर्यौ ।
फर्के पछी आश लाग्छ जस्लाई पनि हेर
बोलौ भनी अघी बढेँ झर्के जस्तो गर्यौ
भैगो नि त माया मार्छु झर्किनेको भनेँ
हैन फेरी एकान्तमा पर्खे जस्तो गर्र्यौ ।
एकान्तको मौका छोपी के छोए थेँ मैले
तिमी भने लरक्कै पो लर्के जस्तो गर्यौ ।
लर्किदा नै ठेस लाग्यो मेरो के को दोष
बुइ आउन दाँया खुट्टा मर्के जस्तो गर्यौ ।
स्पर्श भो अब त्यहाँ, ताप बढ्यो जवानीको
शान्त पार्न सित्तल जल, छर्के जस्तो गर्यौ ।
बुद्धि मोक्तान
पर पुगी सम्झी फेरी, फर्के जस्तो गर्यौ ।
फर्के पछी आश लाग्छ जस्लाई पनि हेर
बोलौ भनी अघी बढेँ झर्के जस्तो गर्यौ
भैगो नि त माया मार्छु झर्किनेको भनेँ
हैन फेरी एकान्तमा पर्खे जस्तो गर्र्यौ ।
एकान्तको मौका छोपी के छोए थेँ मैले
तिमी भने लरक्कै पो लर्के जस्तो गर्यौ ।
लर्किदा नै ठेस लाग्यो मेरो के को दोष
बुइ आउन दाँया खुट्टा मर्के जस्तो गर्यौ ।
स्पर्श भो अब त्यहाँ, ताप बढ्यो जवानीको
शान्त पार्न सित्तल जल, छर्के जस्तो गर्यौ ।
बुद्धि मोक्तान

No comments:
Post a Comment