Tuesday, May 28, 2013

कहाँ हुन्छ

पाखा हाँसो भित्र पीडा, लुकाएर कहाँ हुन्छ ?
प्रतिष्ठाको हाम्रो सान, झुकाएर कहाँ हुन्छ ?
 
आँफै पुगौँ सिमानामा सिमा कोर्न रगतले
भाषणमा नेता मात्रै, भुकाएर कहाँ हुन्छ ?

पौरख गर्ने हत्केलाले मोती भेट्छ बगरमा
बिना कर्म भित्री चित्त, दुखाएर कहाँ हुन्छ ?

बत्ती छैन पानी छैन, किन छैन? खोज्यो भने
समस्याको बिस्कुन मात्रै सुकाएर कहाँ हुन्छ ?

'बुद्धि' माथि बिर्को लागे स्यावास ठोक्ला पराइले
तीनकै सामु मनको बह फुकाएर कहाँ हुन्छ ?

No comments:

Post a Comment