दैब कतै देखिएन, यती उमेर टाढा हुँदा पनि ।।कस्ले सुन्यो मेरो कुरा, मन्दिरमा रुदा पनि ।।
यो मनको पीडा छल्न, मठ मन्दिर् पुगेको थेँ ।
ब्यथा झनै बढ्यो बरु, सुनकै मुर्ती छुदा पनि ।।
कर्मै उस्तो हो कि भनी, फेर्न खोजेँ सैंयौ पल्ट ।
गएन खै आफ्नो भाग्य, आँसु झारी धुदा पनि ।।
मान्छे बन्नु दु:ख भित्र ,यस्तै भयो मेरो जीवन ।
चोट लाग्यो बह पोखे, ऐजन् अरु बुँदा पनि ।।
सार सिद्ध मान्छु जीवन, रोइ रोइ मरेँ म त ।
कोही हुन्न अजम्बरी, हाँसी हाँसी ज्यूँदा पनि ।।
No comments:
Post a Comment