गीत
(गुरु पूर्णिमाको दिन सबै गुरुहरुमा समर्पित )
तिमीलाई म /भनेर जान्छु
फर्केर फेरी /आउँदिन होला,
लाग्न त लाग्ला/ गगनमा चाँद
फेरी म तिमीमा /छाउँदिन होला
तिमीलाई म भनेर जान्छु.....
सम्झना रहला प्यासको धेरै
खडेरी परे , तिर्तिरेहरु
उदाए रबी बिलाई जाला
बिहानी पख मिर्मिरेहरु ,
म पनि जान्छु बिलाई आज
फर्केर फेरी आउदिन होला
खोज्न त खोज्छु तिमीलाई सधैं
जहाँ खोज्छु त्यहाँ, पाउँदिन होला
तिमीलाई म भनेर जान्छु .......
पोखेर जादा मायाका सगुन
नसोस्ने प्रीतीका बालुवाहरु,
सुवास छर्न ,रहर गर्थे
नहुर्की सुकेका पालुवाहरु,
म पनि जान्छु, सुकेर आज
पलाई फेरी आउँदिन होला
गाउन त गाउछु तिमीलाई सधै
जहाँ गाउछु त्यहाँ, पाउँदिन होला
तिमीलाई म भनेर जान्छु .....
No comments:
Post a Comment