Friday, August 23, 2013

- छाडी जाने प्रीत रै छ

छाडी जाने प्रीत रै छ, कसेको थ्यो करेलीमा ।
बग्न दिए सुक्थ्यो आँसु,रोक भन्यो परेलीमा ।


मोती खोज्दा ढुङ्गा डुब्यो के नै टिपौ अभागीले  
संगै टिपौ भन्थ्यो कठै!साथ छाडी बैमानीले
बिलाइ जाने शीत रै छ ,भरी देखेँ तरेलीमा ।
बग्न दिए सुक्थ्यो आँसु,रोक भन्यो परेलीमा ।

माया जोखेँ विश्वासले तराजुको मान्छेसँग
चुड्दा चुड्दै सके सबै के नै रह्यो भान्सेसंग ?
रुनु रैछ जुनी भर,एकछिन हाँसेँ बयेलीमा । 
बग्न दिए सुक्थ्यो आँसु,रोक भन्यो परेलीमा ।  

बुद्धि मोक्तान

No comments:

Post a Comment