Wednesday, October 23, 2013

दृष्य मागेँ आँखासंग

दृष्य मागेँ आँखासंग आँसु बग्ने खोला दियो
गुनासो छ दैव संगै किन बित्ने चोला दियो

एकछिन आएँ यो धर्तीमा धर्ती मेरो बगैंचा थ्यो
फूल चुम्दा मायाँ खोजेँ मायाँ मेरो फलैंचा थ्यो
बिसाँऊ कता मनको भारी फलैंचा नै भत्की दियो
पिपल केलाइ चौतारीमा वरको रुखै ढल्की दियो

आयु सोधेँ मुटु संग धड्किदै थ्यो बताएन
शीतकै मोती मायाँ भनेँ तरेलीले पत्याएन
बिलार्इ जाने शीत जस्तै दैवले याँ जूनी दियो
यै जूनिले अन्तिम पल आर्यघाटमा धुनी दियो

दृष्य मागेँ आँखासंग आँसु बग्ने खोला दियो
गुनासो छ दैव संगै किन बित्ने चोला दियो

बुद्धि मोक्तान

No comments:

Post a Comment