Sunday, December 15, 2013

बिना माया तुर्दा खेरी

लाखौ कुरा मनमा खेल्यो बैगुनीलाई कुर्दा खेरी  
वियोग को गजल बन्यो त्यति बेलै फुर्दा खेरी 


रंग फेर्ने दुनियाँमा सत्य बोलेँ भन्दा भन्दै
चट्ट भुल्न गाह्रो हुन्न अन्य प्रिय जुर्दा खेरी 

शीतको चिसो छलुँ भन्थेँ उनकै न्यानो अंगालोमा
बाँच्नु व्यर्थै ठानी मरेँ काखमा पराइ घुर्दा खेरी  



सोधी खोजी थिएन खै रुदै रुदै बाँच्ने बेला
सबले छुन खोजे जीवन खरानी भै पुर्दा खेरी  

निधार देखि सबले भन्थे'भाग्यमानी छौ है तिमी'
कसले देख्यो खोटी जीवन बिना माया तुर्दा खेरी 

No comments:

Post a Comment