Sunday, February 16, 2014

हृदयको ढोका फोडी

हृदयको ढोका फोडी कहाँ उढ्यो मनको चरी
आफ्नो भन्ने हुन्न रैछ खसे पछी आँसु धरी
फर्की आए बस्ने गुँड छ माया दिई बेरौला म
नआए नि जानेलाई क्षितिज सम्मै हेरौला म
रगत दिई गुलाब साटेँ पिंजरामा मुटु राखी
छानेकै त्यो ताराखस्यो ढोकाखोल्दा आज राती
मनका उजाड बगरहरु बिराउँदैछु बिंज संगै
छातीका यी फोक्टा सुके,मरे आशा निज संगै
नङको नाता थियो तर छुट्ट्यो आज मासु पनि
आफ्नो भन्ने हुन्न रै छ खसे पछी आँसु पनि
हृदयको ढोका फोडी कहाँ उढ्यो मनको चरी
आफ्नो भन्ने हुन्न रैछ खसे पछी आँसु धरी
बुद्धि मोक्तान 

No comments:

Post a Comment