गीत
झुल्किएन घाम कहिल्यै, जिन्दगीको पाटातिर
काँडा देख्छु पाइलै पिच्छे,आफू हिंड्ने बाटातिर
सिरु जस्तै टुसाइ आउन सकिएन बर्षा पछी
बिसाउ कता मनको भारी टुक्रिएको चर्चा पछी
जता औसी भयो त्यतै जिन्दगी यो धकेलियो
यस्तो लाग्छ जून पनि मेरै लागि बदलियो
भष्मे ड्ड्दा ठुटा माथि उम्री आउथे च्याउहरु
नउम्रीने गरी डढ्यो किन मनका पाउहरु ?
हाँगा सुकी भाँच्यो थुर,हुरी चल्दा चैत्र मास
पथरामा अल्झ्यो जीवन घिटघिटीले थोरै सास
झुल्किएन घाम कहिल्यै, जिन्दगीको पाटातिर
काँडा देख्छु पाइलै पिच्छे,आफू हिंड्ने बाटातिर
बुद्धि मोक्तान
काठमाण्डौ
No comments:
Post a Comment