हजारौ प्रान्तका विभाजित छाती बोकेर
प्रत्येक बासमा जन्मेका राउटे कान्छीहरु
एक थुगा गुरास झैँ
लेकाली यौवनले फकरक्क फुलेको पनि बर्सौ भयो ।
भाले नलागेर, पोथीले पारेको,
बतासे अण्डा जस्तो राउटे कान्छी !
हेर्दा अण्डा नै हो तर अण्डा हुन सक्दैन
हेर्दा मान्छे नै हो तर मान्छे हुन सकेको छैन
ब्याबहारले ,सस्कारले ,आडम्बरले
धर्मले ,परम्पराले नीति र नियमले
के फरक छ ??
राउटे कान्छी र शेर्पेनी कान्छीमा ??
शेर्पेनी कान्छी !
जुकरवर्गको चलायमान र गतिवान समयलाई
हत्केलाको औलाहरुमा कैद गरि
फेसबुक र ट्वीटरको दुनियामा
स्वातन्त्र बाच्दा
राउटे कान्छीको यौवन,
राउटे कान्छीका जोस जागर
सिप र सामर्थ किन
जगलको भित्ताहरुमा खेर गैरहेको छ
शेर्पेनी कान्छी !
धन्य छ तिमीलाई
तिमीले उदास कार्की र उदास मण्डल जस्तो
उदास तामांग र उदास रैथाने जस्तो
वल्लो ड्याङ र पल्लो ड्याङका ति मुला मान्छेहरु(पुरुष)लाई
परास्त गरी उदास र निरासताबाट स्वातन्त्र भई
खुशी बोकी ससारलाई मोबाइलमा कैद गरि
गोजीमा राख्यौ
तिमी त समाजकी एक झ्वाकी मुखिनी हौ... झ्वाकी मुखिनी
तर यति नै बेला
लिङ्गिय समानताकी,
राउटे कान्छीको यौवन, जीवन र जिन्दगी
जंङ्गलका अंगेरी पातहरु माथि लत्पतिदा थोरै टिठ लाग्दैन ???
राउटे कान्छी !!
प्रोफेसर शर्माको डायरी पढ
बिसे नगर्चीका कथा महसुस गर
अध्यारो जगलमा योजना र तालिकाहरु बनाउ
अनि निस्क...
भूगर्भको कालो जंगल बाट..
जगल तल बिरौटेमा ...
जहा फापर फल्छ
जहा थुम र किल्लाको कुरा चल्छ
जहा ताम्सालिंग र नेवाको कुरा चल्छ
जहा लिम्बुवान र खुम्बुवानको कुरा चल्छ
जहा बिराट र मगरातको कुरा चल्छ
हो, त्यहि राज्यले
तिमीलाई हक दिन कर लाग्छ
निस्क भू-गर्भको कालो जगल बाट
किन कि
पूर्वी क्षितिजको सुनौलो घाम झैँ
श्रीङ्खलाका सन्जीवनीले
अस्तित्व र अस्मिता सगै
सिर्जना सङ्कल्प र सद्बिचारले
जगलमा यौवन पोखेर होइन
न्यानो महलमा श्रीस्टी थाम्न
थुप्रैनयाँ राउटे हरु जन्माउनु छ ....
थुप्रै नयाँ राउटे हरु जन्माउनु छ ...
No comments:
Post a Comment