संम्झनामा कोरिया"
चाहेको भए,
मुखुङ्वाको परिपक्क जवानीमा
लालीगुराँसको स्पोर छर्केर
थुप्रै र धेरै ठिमाहा सन्तानहरु जन्माउन सक्थेँ
तर त्यसो गरिन
खोरियाको झुपडीमा
पिरो धुवाँले आँखा पोल्दा
कोरियाको प्रदुषणमुक्त मेट्रो रेल
संम्झेको मात्र हुँ
लोभले जिब्रो टोकेर
रयाल चुवाई आँसु झार्यो भन्ने
सोच्यौ भने त्यो सरासर गल्ती हुनेछ ।
हिउँ परी किम युना !
हिउँ रानी किम युना !
मैले थुप्रै प्रेमपत्र कोरेको थिएँ नि
तिमीले लगाउने धाइमारुका कपडाहरुमा
तिमी चढ्ने होन्डाइ गाडीका टायरहरुमा
तिमी गुड्ने र चिप्लिने चक्काहरुमा
कुनै दिन,प्रगती दिदी मार्फत
च्याउ उपहार पठाएको थिएँ
प्रेम कौशलले खाल्डो खानेर
अज्ञात पाल्पालीली गाडेको मुला
आनन्द भट्टराइले झिकी
तिमीले जिब्रो पट्काइ पट्काइ
स्वादिलो मानेर खाने किम्छी
मैले बनाएको थिएँ
बेजुका पत्रै पत्र
बेजुका पातै पात
मेरा अशिम माया र प्रेमका
भावनाहरु लत्पतिएका
शायद तिमीले चिनेनौ होला
शायद तिमीले बुझेनौ होला
चिन्न र बुझ्नको बादला
तिमी त
हिउँरानी भएर ,कृतिम हिउँमा
जवानी फिला देखाएर,
चिप्लेटी खेल्दै विश्वको ध्यान आकृष्ट गर्दा
हिउँको ईतिहास,हिउँको जन्म हिमालयबाट हुन्छ
अनी म
त्यही हिउँका थुप्राहरुमा
हिमाल मुनी जन्मेर
बर्षौ बर्ष हिउँमा
चिप्लेटी खेली हुर्केको
हिममानब हुँ भन्ने तिमीलाई के थाहा ??
खेलौना देख्दा-छोराछोरी संम्झिएँ
साँझपख,रैथाने ढुकुर र जुरेली बास्दा
डाँडापरीका जून-घाम बाबा आमा संम्झिएँ
हिक्क हिक्क बाडुल्की लाग्दा
खोरिया र गाउँघर संम्झिएँ
निरस र उदास मनस्थितिलाई संगालेर
तिनाउ र मर्स्यादीको संम्झनाले ब्याप्त मन
एकछिन ह्वाङ नदीको किनारमा सुस्ताउदा
सुवनका गल्ती छिरेको आरोप लागे
मलाई माफ गर !
मैले अघी नै भनेको छु
मुखुङ्वाको पुष्पदल चुमेर
लालीगुराँसको स्पोर छर्की
थुप्रै ठिमाहा सन्तान जन्माउन सक्थेँ
तर त्यसो गरिन
रहरहरु
ग्यास च्यम्बार भित्र थुनेर
आस्थाको गुराँस रोपेँ
हरेक सुर्योदय संगै
हल्केलाको ठेला नियाली
कम्पनीको ढोका छिर्दा
आफ्नै आत्मासंग सम्झौता गरेँ
धपक्कै बलेको पराइका भित्ता
सुवास छरेका सुगन्धित चेरी,पैयु र साकुरा
खै साकुरा मलाई
वैशको एक जोक्काले आकर्षित गर्थ्यो
तर गुराँस
तर गुराँस
मेरो पलपलको धड्कनमा स्वास भर्दथ्यो
बुद्धि मोक्तान
काठमाण्डौ
चाहेको भए,
मुखुङ्वाको परिपक्क जवानीमा
लालीगुराँसको स्पोर छर्केर
थुप्रै र धेरै ठिमाहा सन्तानहरु जन्माउन सक्थेँ
तर त्यसो गरिन
खोरियाको झुपडीमा
पिरो धुवाँले आँखा पोल्दा
कोरियाको प्रदुषणमुक्त मेट्रो रेल
संम्झेको मात्र हुँ
लोभले जिब्रो टोकेर
रयाल चुवाई आँसु झार्यो भन्ने
सोच्यौ भने त्यो सरासर गल्ती हुनेछ ।
हिउँ परी किम युना !
हिउँ रानी किम युना !
मैले थुप्रै प्रेमपत्र कोरेको थिएँ नि
तिमीले लगाउने धाइमारुका कपडाहरुमा
तिमी चढ्ने होन्डाइ गाडीका टायरहरुमा
तिमी गुड्ने र चिप्लिने चक्काहरुमा
कुनै दिन,प्रगती दिदी मार्फत
च्याउ उपहार पठाएको थिएँ
प्रेम कौशलले खाल्डो खानेर
अज्ञात पाल्पालीली गाडेको मुला
आनन्द भट्टराइले झिकी
तिमीले जिब्रो पट्काइ पट्काइ
स्वादिलो मानेर खाने किम्छी
मैले बनाएको थिएँ
बेजुका पत्रै पत्र
बेजुका पातै पात
मेरा अशिम माया र प्रेमका
भावनाहरु लत्पतिएका
शायद तिमीले चिनेनौ होला
शायद तिमीले बुझेनौ होला
चिन्न र बुझ्नको बादला
तिमी त
हिउँरानी भएर ,कृतिम हिउँमा
जवानी फिला देखाएर,
चिप्लेटी खेल्दै विश्वको ध्यान आकृष्ट गर्दा
हिउँको ईतिहास,हिउँको जन्म हिमालयबाट हुन्छ
अनी म
त्यही हिउँका थुप्राहरुमा
हिमाल मुनी जन्मेर
बर्षौ बर्ष हिउँमा
चिप्लेटी खेली हुर्केको
हिममानब हुँ भन्ने तिमीलाई के थाहा ??
खेलौना देख्दा-छोराछोरी संम्झिएँ
साँझपख,रैथाने ढुकुर र जुरेली बास्दा
डाँडापरीका जून-घाम बाबा आमा संम्झिएँ
हिक्क हिक्क बाडुल्की लाग्दा
खोरिया र गाउँघर संम्झिएँ
निरस र उदास मनस्थितिलाई संगालेर
तिनाउ र मर्स्यादीको संम्झनाले ब्याप्त मन
एकछिन ह्वाङ नदीको किनारमा सुस्ताउदा
सुवनका गल्ती छिरेको आरोप लागे
मलाई माफ गर !
मैले अघी नै भनेको छु
मुखुङ्वाको पुष्पदल चुमेर
लालीगुराँसको स्पोर छर्की
थुप्रै ठिमाहा सन्तान जन्माउन सक्थेँ
तर त्यसो गरिन
रहरहरु
ग्यास च्यम्बार भित्र थुनेर
आस्थाको गुराँस रोपेँ
हरेक सुर्योदय संगै
हल्केलाको ठेला नियाली
कम्पनीको ढोका छिर्दा
आफ्नै आत्मासंग सम्झौता गरेँ
धपक्कै बलेको पराइका भित्ता
सुवास छरेका सुगन्धित चेरी,पैयु र साकुरा
खै साकुरा मलाई
वैशको एक जोक्काले आकर्षित गर्थ्यो
तर गुराँस
तर गुराँस
मेरो पलपलको धड्कनमा स्वास भर्दथ्यो
बुद्धि मोक्तान
काठमाण्डौ
No comments:
Post a Comment