
बोकेर झोला, म हिंड्ने बेला,किन रोयो मेरो गाउँ ..
खसाइ आँसु, ती पखेराले , किन लियो मेरो नाउँ ...
के शंका गरे,म माथी कुन्नी, आँगन र मझेरीले
भनेकै थिएँ ,फर्किन्छु छिट्टै, बिर्स्यो कि पँधेरीले
जहाँ जाउँ म,जहाँ पुगौ पुगौ ,आँखामा गुराँस छ
मुस्काउँथे हिजो,चेरी र पैयु ,आज चै उदास छ
अढ्याई आँसु, परेली माथी,म पाइला चाल्दैथेँ
भक्कानो फुटि,चिरिन्थ्यो छाती,तैपनी टाल्दैथेँ
पिएर दही, म हिंड्ने बेला,किन रोयो मेरो देश
हिजो थ्यो खुशी,आज छ,आँसु बद्लियो परिवेश
बोकेर झोला, म हिंड्ने बेला,किन रोयो मेरो गाउँ ..
खसाइ आँसु, ती पखेराले , किन लियो मेरो नाउँ
No comments:
Post a Comment