Saturday, October 4, 2014

-"कोलम्बसको बिर्ता ""

कबिता -"कोलम्बसको बिर्ता ""
(बुद्धि मोक्तान )
......................
युद्ध जित्न हिडेको योद्धा म,
बिदाइमा,
अरुले जस्तो
मैले आँसु झार्नु हुँदैन
सगरमाथा चढेर
उस्को थाप्लोमा पैताला राख्नु
अब सामान्य भो
र त ,मैले
स्वाभिमानको अर्को सगरमाथा
ठड्याउनु पट्टि लाग्नु छ ।





उहिले उहिलेको जस्तो जमाना छैन आमा !
दहि खुवाएर निर्धक्क बिदाइ गर,
बहिनीले हाँसेर टोटोला सिउँरी देउ
दिदी,हिम्मतले खदा ओढाउँ
दाजु र बाबाले,स्नेह र प्यारले
झ्याप्प अंकमाल गर
अनि
हल्लाउ बिदाइका हातहरु
म अमरसिंह,वलवद्र र भक्ति थापाका
बिर्ताको माटो साक्षी राखी
कोलम्बसले नभेटेको
नदेखेको,नटेकेको कुनै भाग
कुनै भुगोल र कुनै अंश
छुन,देख्न, टेक्न र
पत्ता लगाउन निस्केको छु ।


आमाको मंङ्गलसुत्र हराउदा
कोलम्बसको बिर्ताको सपना देखेँ
प्रतेक दिन अमिनीले
मेरो घरबारीको कित्ता काट्दा
हिरो देशको कल्पना गरेँ
दिनानुदिन!,
ओराली लागेको देशको अर्थतन्त्र
अनी
कोलम्बसको बिर्ताको हरियो पत्तो !!
आखिर सपना,सपनै हो
बिपना कहाँ सपनाको जस्तो हुन्छ र ..
बाबा सोच्दा हुन्,
आमा सोच्दि हुन्
गरीबीले बेचिएको उस्का मंङ्गलसूत्र
गरीबिले काटिएको घरबारीको कित्ता !
सन्तानले छिट्टै उकास्नेछन्
छिट्टै फिर्ता ल्याउने छन्
तर
माफ गर मेरा जन्मदाता
कोलम्बस्को बिर्तामा उत्रिएर
हरियो पत्तो बटुली
राजधानीको साँगुरो
चारानाको रुमाले चोक्टोमा
चारकोठे छाना हाल्नु र
तपाईंहरुलाई थन्क्याउनु मेरो लक्ष होइन
म त
खगोलियपिण्ड भित्र,अर्को ग्रह पता लगाइ
निहारिका भित्र,अर्को संसार पता लगाइ
नयाँ पिढी,नयाँ सन्ततीलाई
बसाइ सार्न चाहन्छु,
मेरा पुर्खाका बचेको बिर्तालाई,
कोलम्बसको बिर्ता भन्दा ..
उच्च राख्न चाहन्छु !..

No comments:

Post a Comment