Sunday, January 4, 2015

गीत -म जोगी होइन

म जोगी होइन प्रेमको,न फेरी लाउँछु न सिधा लिन्छु
माग्दिन हात थापेर माया, बुझेर कसैले दिदा लिन्छु

निश्चल निर्दोष सागर पनि सुकेर गए बगर हुन्छ
बगर झै उदास जिन्दगी यो झन बित्यो झन बाँच्ने रहर हुन्छ
रहर मार्ने र् जवानी  माग्ने न शिकारी हुँँ न म भिखारी हुँ
चढिन तयारी मन्दिरमा फूल,म पनि प्रेमको पूजारी हुँ

गगनका तारा झै अटल माया अन्जुली थापी जून राख्छु
बयेली देख्दा उदाउने याद ,संगाली फेरी रुन राख्छु
छातीको चिरा धर्तीकै संम्झे,कुनै हात उक्सिन भासिदा लिन्छु
गुनासो केही हुन्न नपाए साथ,म हाँसी हाँसी बिदा लिन्छु ।

म जोगी होइन प्रेमको,न फेरी लाउँछु न सिधा लिन्छु
माग्दिन हात थापेर माया, बुझेर कसैले दिदा लिन्छु

No comments:

Post a Comment