Wednesday, February 17, 2016

प्रेमको अमरत्व



मेरो निधारको बगैंचामा,
तिम्रो ओठले रोपेको 
अजम्बरी गुलाब !
कहिल्यै नओइली,
वैशालु वसन्त र
पतझरको शीशिरमा,
उतिकै सुवासले
फक्रिरहेछ
फक्रक्क ...
फक्रक्क...
--
तिम्रो कान्छी औलाले
मेरो गालाको गगनमा
उदाएको स्वाभिमानको
एक थेग्लो गाजल,


खग्रास ग्रहण भै
तिम्रै अधिकार र अधिपत्थ्यको राज गरी
चन्द्रमाले आकाशमा अस्तित्व छाडे झैँ
अमर प्रेमको प्रतिक
अटल भै टल्किरहेछ !
--
असिमित आकाक्षालाई
प्रेमको बाटोमा मोडेर,
छितको साडीमा
घुम्टो ओढी संझिदा,
वैभवताको थुँगा तिमी !
हत्केलामा थेगेर
धर्ती र आकाश सामु
अन्जुलीमा जून राखे झैँ
सुटुक्क राख्छु
हृदयको खोजीमा
अनि
मेरो जीवनको आधार र,
अमर प्रेम भएर
धड्किन्छौ तिमी
जूनी जूनी
ढुक ...ढुक...
ढुक ...ढुक...
--
सझिँ एको आँगनीमा
लगाएको अग्नी होम,
त्यही आँगनीमा
बजेको प्रेमको डम्फुले
आवजको कम्पनले,
कतै कोमलकोटी र
कुनै गौँथलीको
प्रेमिल गुँड भत्किए
प्रेमको अमरत्व कहाँ प्राप्ती होला र ..?
मता र ढोइ,
तिमी र म
अनी, ती मसिना
एमिबा र युग्लिना सयर प्रेमको यात्रा
अथाह समतल सागर
उस्तै धरातल
सम्झ
न कोही उच्च न कोही निचं,
सम्यमता र सोचाइको समानता न हो
अमर प्रेमको मुख्य द्स्तावेज !
तब ठडिन्छ,
प्रेमको सगरमाथा
समिपमा हुन्छ, स्वाभिमान र महानता
सुरु हुन्छ जीवन दर्शन
अनी पल्टिन्छन
अमर प्रेमका पानै पाना

.......



बुद्धि मोक्तान 
चाँगे-३,ताप्लेजुङ 
म्यारील्याण्ड 
अमेरिका 

No comments:

Post a Comment