Wednesday, November 25, 2015

कविताको हत्या "


मनको मैदानबाट 
मुल फुटेको भए 
शायद, 
त्यो कविता हुन्थ्यो
यहाँ त ,
मस्तिष्क खर्चेर
ओठबाट जबर्जस्ती
कविताको निर्माण गर्न खोजियो
र त महासय !
कविताको हत्या यही भयो । 

Saturday, November 14, 2015

"संघर्षरत फूल"


फेरी कहिल्यै नमुस्कुराउने सर्तमा
चुडिन तयार छन हजारौ सयपत्री
समय संगै 
भाई टीकाको नाउँमा

दिदी!!
तिहार आयो
अनी भाई खोज्यौ होइन ?
अनी निम्तो बाड्यौ होइन ?
दुई चुल्ठी बाटेर
दसैंको नयाँ नानामा
तिमी फुत्रुक्क फुत्रुक्क खेल्दै
जुरेली कान्छीको नामले
संम्बोधित हुँदा
मलाई आमाले जन्माइ
सयपत्री थूँगामा लुकाइ
वहाँ विलय हुनु भएको हो
अनि त हो नि
सुरु भएको
हाम्रा त्रिपक्ष बिछोडका अन्भेष्णहरु ।

Friday, June 26, 2015

"बगेको मोती "


हाउ  लुङ्गवा  !
देब्रे हातमा हसिँया
दाहिने हातले बिडी च्यापी
कम्बरमा नाम्लो कसेर
अलैची बगान पस्नु अघि
एक लर्को सुसेलीमा
एक लर्को पालम गाएका थियौ ।

मलाई थाहा छ